लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली टिमकाे प्रतिवद्धता सार्वजनिक  

लेखनाथ । जानुका पराजुलि अधिकारिको टिमका उमेदवार हरुको पत्रकार सम्मेलन। लेखनाथ उद्योग वाणिज्य संघले आगामी दिनमा उद्यमशीलता प्रवर्द्धन, व्यवसायी हकहित संरक्षण र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ जानुका पराजुलि टिम ले आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गरेको छ।

 सदस्यता विस्तार गरी ५ हजार भन्दा बढी व्यवसायीलाई समेट्ने, डिजिटल परिचयपत्र वितरण गर्ने, अनलाइन प्रणालीमार्फत सदस्य व्यवस्थापन गर्ने र नयाँ उद्यमीलाई प्राविधिक सहयोग तथा सीप अभिवृद्धि तालिम सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ।

Advertisement

त्यस्तै, “Made in Nepal” अभियानलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने, स्टार्टअप तथा नवप्रवर्तनलाई सहयोग गर्ने, महिला तथा युवा उद्यमशीलतालाई विशेष प्राथमिकता दिने संघको प्रतिबद्धता छ।

व्यवसायीहरूको साझा समस्या समाधानका लागि कर, लगानी, बजार विस्तार र भौतिक पूर्वाधार विकासमा सरकारसँग सहकार्य गर्ने बताएको छ। साथै, पर्यटन प्रवर्द्धन, आन्तरिक तथा बाह्य लगानी आकर्षण, ‘Shark Tank’ शैलीको लगानी प्रोत्साहन कार्यक्रम सञ्चालन, PPP मोडलमार्फत पूर्वाधार विकास, र डिजिटल प्रविधिको उपयोगलाई प्राथमिकतामा राखिने संघले जनाएको छ।

आर्थिक संकटका बेला व्यवसायीलाई सहज बनाउन विशेष राहत कार्यक्रम ल्याउने, सदस्यहरूको व्यवसायिक सुरक्षाका लागि बीमा योजना कार्यान्वयन गर्ने र वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने समेत जनाएको छ।

टिमका पदाधिकारीहरूले यी प्रतिवद्धताहरू व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लेखनाथलाई व्यवसायिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने विश्वास व्यक्त गरेका छन्।

More News last news
Loading...