फेदीखोला हाइड्रोपावरले साधारण शेयर बिक्री गर्ने

काठमाण्डौ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले भोजपुरको साल्पासिलिछो–६ मा ४.३ मेगावाट क्षमताको फेदीखोला जलविद्युत् आयोजना निर्माण गर्दैछ ।

लागत शुरुमा ९४ करोड थियो भने २०८१ साउन १५ को बाढीले बढेर ९८ करोड रुपैयाँ पुगेको छ । कुल लागतको ४९ प्रतिशत स्वपुँजी र ५१ प्रतिशत बैंक ऋणबाट जुटाइएको हो ।

Advertisement

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडबाट ७० करोड पुर्‍याउने र २५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको छ । साथै कम्पनीले खिम्ती घ्वाङ्गखोला (९ मेगावाट) मा पाँच करोड र इर्खुवा खोला (१५ मेगावाट) मा १५ करोड रुपौयँ लगानी गर्नेछ ।

More News last news
Loading...