प्राविधिक शिक्षाका लागि चापाकोटमा खुल्यो भर्ना, २० जनालाई निः शुल्क छात्रबृत्ति

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् किसान बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८२।८३ का लागि ३ बर्षे डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना खुलेको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै शैक्षिक सत्र २०८२।८३ का लागि ३ बर्षे डिप्लोमा तथा प्रमाणपत्रतह (सिभिल इञ्जिनियरिङ, कृषि पशु विज्ञान, कृषि बालबिज्ञान र सूचना प्रविधि) बिषयमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आवेदन फाराम खुला गरिएको जानकारी गराएको हो । यस्तै नगरपालिकाले प्रत्येक वडाबाट २ जना पर्ने गरी वढीमा २० जनालाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा समेत गरेको छ ।

Advertisement

यसरी अध्ययन गर्न इच्छुक नगरभित्रका शैक्षिक सत्र २०८१ एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्रत्येक वडाबाट २ जना पर्ने गरी नगरभरिमा बढीमा २० जना गरिब तथा लक्षित वर्गका विद्यार्थीहरुलाई नगरपालिकाको शतप्रतिशत आर्थिक अनुदानमा प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०८१, बमोजिम अध्ययन, अध्यापन गराउने निर्णय बमोजिम विद्यार्थीहरुले यही मिति २०८२ श्रावण २३ गते कार्यालयसमयभित्र भर्ना प्रक्रियाका लागि नगरभित्रका वडामा आवेदन पेस गर्न आह्वानसहित नगरपालिकाले सुचना प्रकाशित गरेको हो ।

गरिब तथा लक्षित वर्ग जसले आर्थिक समस्याका कारण पढाई नै छाड्नुपर्ने अवस्था छ त्यस्तो परिवारलाई लक्षित गरेर शतप्रतिशत आर्थिक अनुदानको निर्णय गरिएको नगरप्रमुख देव बहादुर खाणँले जानकारी दिए ।

आवेदन दिदाँ अध्ययन गर्न चाहेको बिषय खुलेको निवेदन, नेपाली नागरिकता वा जन्मदर्ताको फोटोकपी, एस.ई.ई वा सो सरहको उत्तीर्णको चारित्रिक एवं लब्धाङ्क पत्रको फोटोकपी, अध्ययनरत विद्यालयको सिफारिस लगायतका कागजपत्र अनिवार्य गरिएको पनि नगरले जनाएको छ ।

More News last news
Loading...