नरेन्द्र प्यासीको “मेरो नाम लिने ओठले” सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायक, सङ्गीतकार नरेन्द्र प्यासीको सङ्गीत र आवाजमा डा बिष्णु मुर्ती भट्टराईको शब्दमा आधुनिक गीत “मेरो नाम लिने ओठले” बजारमा आएको छ।

म्युजिक नेपाल स्टुडीयो मा रेकर्ड गरिएको यस गीतमा सङ्गीत समयोजन बिनोद कुमार भुजेलको रहेको छ । यश गीत गीतकार डा बिष्णु मुर्ती भट्टराई कै निर्देशनमा बनेको छ भने  छायांकन, सम्पादन, सुनिल बिस्वकर्माको रहेको छ। गीत,गीतकार डाक्टर बिष्णु मुर्ती भट्टराईको आफ्नै YouTube Channel “Dr Bishnu Murti Bhattarai” मार्फत बजारमा आएको हो। पेशाले शल्यचिकित्सक डाक्टर बिष्णु मुर्ती भट्टराई काठमाडौं बाहिर रहेर पनि बर्सौ देखि निरन्तर गीत सृजना गरि रहनु भएको छ।

Advertisement

सयौ सदाबहार गीत गाई सक्नु भएका प्रसिद्ध  गायक नरेन्द्र प्यासी केही बर्ष देखि अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली गीत सङ्गीत सृजनामा उत्तिकै लागिरहनु भएको छ।

नेपाली सुगम सङ्गीतको एक चम्किला ताराको रुपमा विशेष गरि अघिल्लो पुस्ताको मन मुटुमा बस्न सफल गायक नरेन्द्र प्यासीको सुमधुर गीतहरु अझै पनि निकै नै रुचाइन्छ।

गीतकार भट्टराई  नरेन्द्र प्यासीसंग आफ्नो सृजना जोडिन पाउँदा निकै खुशी रहेको पाइयो र यो गीत सदाबहार बन्ने कुरामा आसाबादी रहेको पाइयो। अझै राम्रो सृजनाहरु पस्किनु होला सुभकामना सहित हाम्रो तर्फबाट पनि “मेरो नाम लिने ओठले” टीमलाई अपार सफलताको  शुभकामना ।

More News last news
Loading...