कास्की आदर्श समाज बहराईनको तेश्रो राष्ट्रिय अधिवेशन भब्यताका साथ सम्पन्न

काठमाडौँ l”कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित कास्की आदर्श समाजले बहराइनले गत जूलाई ४ तारिक शुक्रवारका दिन बहराइन राज्यको अदलिया स्थित इण्डियन दरबार रेष्टुरेण्टको सभाहलमा आफ्नो तेश्रो राष्ट्रिय अधिवेशन तथा छैठौं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेकोछ।

समाजका अध्यक्ष श्री तिर्थ बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशन समारोहमा नेपाली राजदुतावास बहराईनका श्रम सहचारि श्री सुनिता थापाज्यू प्रमुख अतिथि रहनुभएको थियो भने बिशेष अतिथिज्युहरू क्रमशः समाजका संरक्षक श्री शंकरमान गुरूङज्यू, प्रमुख सल्लाहकार श्री प्रेम बहादुर क्षेत्रीज्यू, गैर आवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक श्री लाल प्रसाद पूनज्यू, नेपाली क्लब बहराइनका अध्यक्ष श्री दिपक गुरूङज्यू, गैर आवासीय नेपाली संघ बहराईनका अध्यक्ष श्री राजु कुमार श्रेष्ठज्यू, नेपाली जनसम्पर्क समिति बहराईनका सभापति श्री पदम सुन्दर गुरूङज्यू, प्रवासी नेपाली मञ्च बहराइनका अध्यक्ष श्री चन्द्र गुरूङज्यू, जन प्रगतिशिल मञ्च बहराइनका अध्यक्ष श्री रामु काफ्लेज्यू, नेप्लीज वेलफेयर सोसाइटी बहराइनका अध्यक्ष श्री अमर श्रेष्ठ ज्यू, नेपाल आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष श्री बीरेन्द्र तुम्बापोज्यू, गैर आवासीय नेपाली संघ बहराइनका आई सि सि सदस्य श्री बीरेन्द्र बुढाथोकीज्यू लगाएत अतिथिहरू बहराईनमा क्रियाशील सम्पूर्ण क्षत्रिय, जातिय, सामाजिक एबं वैचारिक संगठनका प्रमुखज्यूहरु एबं वहाँका प्रतिनिधि ज्यूहरु, कास्की आदर्श समाज बहराइनका पदाधिकारी ज्यूहरू सल्लाहकार ज्यूहरु आजिवन सदस्य तथा साधारण सदस्यज्यूहरू व्यवसायी, बुद्धिजीवि र कास्की आदर्श समाज बहराइनका शुभचिन्तक ज्यूहरुको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement

समाजका महासचिव रबिराज पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात प्रमुख अतिथिज्यू बिशेष अतिथिज्यूहरू लगाएत उपस्थित सम्पूर्ण अतिथिज्यूहरु बाट सामूहिक रूपमा दीप प्रज्वलन गर्दै क्रमशः बहराइन र नेपालको राष्ट्रिय धुन बजाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो भने साथमा केक काटेर छैठौं बार्षिकोत्सवको खुशियाली समेत मनाइएको थियो।

कार्यक्रम उद्घाटन पश्चात कलाकारद्दय श्री राम्जि गुरूङ र रेजिना छिनाल द्वारा स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो त्यसपछि समाजका प्रथम उपाध्यक्ष श्री पूर्ण बहादुर परियारले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो र समाजका प्रमुख सल्लाहकार श्री प्रेम बहादुर क्षेत्रीज्यूले समाजको संक्षिप्त परिचय सहित समाज स्थापनाको उद्देश्य प्रकाश पार्दै समाजले गरेका केही महत्वपूर्ण कार्यहरूको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो।

तत्पश्चात समाजका महासचिव रबिराज पौडेल र कोषाध्यक्ष कमल कुँवरले क्रमश समाजको २०२३-२५ कार्यकालको कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा समाजले यस कार्यकालमा गरेका विभिन्न सामाजिक र परोपकारी कार्य बिवरणहरू र समाजको आय ब्यय प्रस्तुत गरिएको थियो।

महासचिव र कोषाध्यक्षको प्रतिवेदन पश्चात उपस्थित सम्पूर्ण अतिथिहरू बिषेश अतिथिद्युहरू र प्रमुख अतिथि ज्यूबाट शुभकामना मन्तब्य लिईएको थियो ।मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथिज्यू लगाएत सबै बक्ताहरूले कास्की आदर्श समाज बहराइनले आफ्नो स्थापनाकाल देखिनै नै बहराईनमा मात्र नभएर आफ्नो गृह जिल्ला कास्कीमा पनि धेरै उल्लेख्य सामाजिक एबं परोपकारी कार्यहरू गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्दै निवर्तमान हुँदै गरेको टिमलाई हार्दिक धन्यवाद तथा नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशनको पहिलो सत्रको अन्त्यमा कार्यक्रमका सभाध्यक्ष ज्यूले उपस्थित सम्पूर्ण अतिथिज्यू हरुलाई उपस्थितिका लागि हार्दिक धन्यबाद दिँदै आफ्नो दुई बर्षको कार्यकालमा कार्यसमितिमा रहनुहुने सम्पूर्ण पदाधिकारिहरु तथा सदस्यहरू एबं सल्लाह सुझाव र मार्गदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरु प्रति हार्दिक आभार प्रकट गर्दै औपचारिक (खुला सत्रको) कार्यक्रमको समापन गर्नुभएको थियो।

कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन समितिका संयोजक श्री प्रेम बहादुर क्षेत्रीज्यूले नयाँ कार्यकाल २०२५-२७ का लागि श्री पूर्ण बहादुर परियारको नेतृत्वमा २१ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभएको थियो। कार्यक्रमको अन्तमा प्रमाण पत्र बितरण, सपथ ग्रहण र नवनिर्वाचित अध्यक्षको सम्बोधन पछि उपस्थित पाहुना हरुलाई रात्रिभोजको व्यवस्था पनि गरिएको थियो।

अन्तमाः आफ्नो ब्यस्ताका बावजूद अधिवेशन समारोहमा उपस्थित भई कार्यक्रमको अन्तसम्म धैर्यपूर्वक बसेर अधिवेशनलाई सफल बनाईदिनु भएकोमा प्रमुख अतिथिज्यू लगएत बिशेष अतिथि ज्यूहरू, अतिथिज्यूहरू, कलाकार ज्यूहरू, फोटोग्राफर श्री अर्जुन बराईलीज्यू र उपस्थित सम्पूर्ण कस्केली तथा गैर कस्केली दाजुभाई तथा दिदीबहीनीहरूमा साथै बिभिन्न माध्यमद्वारा अधिवेशन सफलताको शुभकामना दिनुहुने सम्पूर्ण संघ संस्था एबं शुभचिन्तकज्यूहरूप्रति कास्की आदर्श समाज परिवार हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछ।

More News last news
Loading...