स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरकार्यपालिकाको बिज्ञ समितिको संयोजकमा भरत लम्साल नियुक्त भएका छन् ।
नगरपालिकाको जेठ १७ गते बसेको ११८ औं कार्यपालिका बैठकको निर्णय अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १४ को उपदफा (२) र (३) मा भएको व्यवस्था बमोजिम लम्साल बिज्ञ संयोजक पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त लम्सालले नगरपालिकालाई आवश्यक परेको खण्डमा शिक्षा, स्वास्थ्य कृषि, सुचना प्रविधि, वन तथा वातावरण, महिला, दलित, बालबालिका लगायतका बिषयहरुमा नीति निर्माण, राय, सल्लाह तथा सुझाव दिने पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता समेत रहेका लम्साल मुक्तिनाथ बिकास बैंकको सञ्चालक समितिमा समेत रहेका छन् । यस्तै अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका लम्साल विभिन्न आधा दर्जन संघ संस्थाका नेतृत्व तहमा बसेर काम गरेको अनुभव छ ।
यस्तै उक्त समितिको सदस्यहरूमा ध्रुवबन्धु पौडेल, बोधराज अर्याल, भवानी अधिकारी र सदस्य सचिवमा मनोज मल्ल नियुक्त भएका छन् । अधिकारी जिल्लामा क्रियाशिल पत्रकार हुन् भने मल्ल शिक्षक पेसाका साथै नेपाली कांग्रेसको राजनीतिका क्रियाशिल रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
