काठमाडौं । नेपाल सुनचांदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले नेपाल राष्ट्र बैकं गभर्नर डा विश्वनाथ पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलासँग भेटवार्ता गरी सुनचाँदी र कालिगढ व्यवसायका देखिएका समस्याबारे जानकारी गराएका छन् ।
भेटमा हालसालै आ.ब. ०८२।८३ को वजेट वक्तव्य मार्फत सुनमा व्यवस्था गरिएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट अव्यवहारिक र अनावश्यक रहेको र यो तत्काल खारेज गर्न समितिले माग गरेको हो ।
समितिको उक्त मागलाई अनावश्यक र अव्यवहारिक २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सम्वन्धित निकायमा पहल गरेर समाधान गर्ने प्रतिबद्धता जाहेर गरे ।
भेटमा संघर्ष समितिका संयोजक श्री विपेन्द्र रामुदामु (विपिन), नेपाल राष्ट्रिय सुनचांदी कालिगढ संघका राष्ट्रिय अध्यक्ष श्री अर्जुन विश्वकर्मा, महासचिव हरि बहादुर विश्वकर्मा र संघर्ष समितिका सदस्य शिव कुमार शरार्फ सहितको उपस्थिती रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
