स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले किसानहरूलाई अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानहरूलाई उन्नत जातका धानको बीउ वितरण गर्न थालेको हो ।
विभिन्न उन्नत जातका २३ टन धानको बीउ नगरपालिका ले बितरण गर्न लागेको नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले बताए ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ खरिद गर्न भन्दै किसानहरूको माग सङ्कलन गरेको थियो सोही अनुसार माग सङ्कलनका आधारमा उन्नत जातका धानको बीउ वितरण गरेको नगरप्रमुख खाँणले बताए ।
नगरपालिकाले सावा मंसुली र रामधान प्रतिकिलो ७४ कादरले खरिद गरेको र कृषकहरूलाई प्रती केजी ३७ दरले वितरण गरिरहेको र साबित्री धान प्रती केजि ६८का दरले खरिद गरि ३४ का दर ले बितरण गरिरहेको नगरप्रमुखले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
