स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले भैसी पकेट क्षेत्रका किसानलाई औषधी र घाँसको बिरुवा वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका पशुसेवा शाखा स्याङ्जाको आयोजनामा भैंसी पकेट कार्यक्रम अन्तर्गत किसानहरुलाई औषधी तथा घाँसका बिरुवा वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले नगरलाई कृषि र पशुपंक्षीको व्यवसायीक रुपले अगाडी बढाउने गरी कार्ययोजना बनाएको बताए ।
पशुपालक किसानलाई प्राविधिक र औषधीमा कुनै समस्या नरहनेगरी नगरपालिकाले काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, पुतलीबजार ११ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मनोज पौडेल, वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, वडा १३ का वडा सदस्य लिला बहादुर राना, मुवारक मिया, पुष्पराज अधिकारी लगायतका बक्ताहरुले पुतलीबजार नगरका नागकिरलाई आयआर्जनमा जोड्ने गरी काम गरिरहेको बताएका थिए ।
कार्यक्रम पशुपतिनाथ कृषक समुहका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको वितरण कार्यक्रममा स्वागत यामबहादुर केसी र संचालन टीकाराम पौडेलले गरेका थिए । कार्यक्रममा झण्डै ५० जना किसानहरुको सहभागिता रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
