अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा बाढीपहिरोको अध्ययन गर्न गएको टोलीले तीन वटा हिमताल फेला पारेको छ। यसअघि स्थानीय युवाले दुई हिमताल भेटेको बताएकामा प्राविधिक टोलीले तीन वटा भएको पुष्टि गरेको छ। बाढीपहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना विस्थापित भएका छन् र उनीहरू विद्यालयमा आश्रय लिइरहेका छन्।

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ । पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल रहेको पत्ता लगाएको हो । यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो ।

Advertisement

साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ । बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।

More News last news
Loading...