त्रि.वि. व्यवस्थापन संकाय प्रथम बर्षमा तनहुँकी अन्जना राई उत्कृष्ट

तनहुँ । गण्डकी मल्टिपल कलेज तनहुँकी छात्राले स्नातक तह व्यवस्थपान शंकायको प्रथम वर्षमा त्रिभुवन विश्वविद्यालयबाटै उत्कृष्ट नतिजा ल्याएकी छिन् । तनहुँको शुक्लागण्डकी–६ भुरुङ्गेमा रहेको सो क्याम्पसमा अध्ययनरत अन्जना राईले ८४ प्रतिशत अंक ल्याई विश्वविद्यालयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख लिलानाथ काफ्लेले जानकारी दिए ।

उनले क्याम्पस, विद्यार्थी र अभिभावकको सामुहिक प्रयासले राम्रो नतिजा ल्याउन सफल भएको उल्लेख गरे । क्याम्पसको नतिजाले शुक्लागण्डकीको शैक्षिक क्षेत्रलाई माथि लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोहि क्याम्पसकी समिक्षा न्यौपानले ७७.८ प्रतिशत नतिजा ल्याउन सफल भइन् ।

Advertisement

विश्वविद्यालयले स्नातक तह व्यवस्थापन शंकायको प्रथम वर्षको नतिजा हालै मात्र प्रकाशन गरेको हो । राईले कक्षा १२ को परिक्षामा पनि गण्डकी प्रदेशबाट उत्कृष्ट नतिला ल्याएकी थिइन् ।

More News last news
Loading...