भारत र पाकिस्तानबीचको तनावले शेयर बजारमा गिरावट

एजेन्सी । भारतसँग तनाव बढेसँगै पाकिस्तानको शेयर बजार ओरालो लाग्न थालेको छ । हिजो पाकिस्तानी शेयर बजारमा ६ प्रतिशतले गिरावट आएको छ । भारतीय शेयर बजारमा पनि पहिरो गएको छ ।

भारत र पाकिस्तानबीच बढ्दो युद्ध तनावका कारण हिजो दुवै देशका शेयर बजार घटेर बन्द भएका हुन् । भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा आधा प्रतिशतको गिरावट देखिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

Advertisement

पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको छ । त्यहाँ शेयर बिक्रीको दबाब परेको खबर छ।शेयर बजार घटेपछि कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपरेको थियो । युद्ध तनावका कारण दुवै देशको मुद्रा बजारमा पनि तनाव देखिएको छ ।

भारतीय रुपैयाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ भने पाकिस्तानी रुपैयाँमा पनि गिरावट आएको छ ।

More News last news
Loading...