भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल ‘आतंकवाद विरुद्धमा छौँ’

काठमाडौँ । नेपाल सरकारले भारत–पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ।

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाईमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ’। आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ।’

Advertisement

भारतको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो । अपरेसन सिन्दुर नाम दिइएको आक्रमणमामा २६ जनाको मृत्यु भएको थियो । जसमा जैश–ए–मोहम्मदका प्रमुख मसूद पनि रहेका छन् ।

More News last news
Loading...