स्याङ्जाको चापाकोट नगरपालिका पुर्ण खोप पालिका घाेषित

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका पुर्ण खोप पालिका” घोषित भएको छ।

जनस्वास्थ्य कार्यलय स्याङ्जा तथा चापाकोट स्वास्थ्य शाखा, नगरपालिका सहयोगमा नगरभित्रका १५ महिनासम्मका ३ सय १९ बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको पुष्टिपछि आज पुर्ण खाेप पालिका घाेषित गरिएको हो ।

Advertisement

नगरपालिकाको वडा नं १ देखि १० सम्मका बालबालिकाहरूको तथ्याङ्क संकलन, खोप अभावमा रहेका अभिभावकहरूको सचेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक प्रयास र स्थानीय स्वास्थ्य संस्थाको सक्रियताले बालबालिकालाई खोप लगाइएको हो।

More News last news
Loading...