हावाहुरीपछि फेवातालमा फसेकाहरूको उद्धार

काठमाडौं l पोखराको फेवातालमा हावाहुरी चलेपछि डुंगामा सवार यात्रुहरू फसेका छन्। सोमबार दिउँसो यात्रुहरू फसेपछि सशस्त्र प्रहरी बल नेपालको फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरको टोलीले उद्धारको काम गरिरहेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार एक जना युवक फेवातालमा डुबेका थिए। उनको उद्धार गरिएको छ। हावाहुरीका कारण तालमा अन्‍य व्यक्तिहरू फसेकाहरूको पनि उद्धार भइरहेको उनले बताए।

Advertisement

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी सन्तोष निरौलाले दुई जनालाई सशस्त्र प्रहरीले र एक जनालाई नेपाली सेनाले उद्धार गरेको बताए। सबै जना सकुशल नै रहेको उनले बताए।

‘एक्कासी हावाहुरी चलेपछि २ जनालाई सशस्त्र प्रहरी र एक जनालाई नेपाली सेनाले उद्धार गरेको हो। डुङ्गा पल्टिएको होइन। सामान्य हो। कोही कसैलाई केही भएको छैन,’ उनले भने।

More News last news
Loading...