कास्की आदर्श समाज कतारको भित्तेपात्रो विमोचन

पोखरा । कास्की आदर्श समाज कतारको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश स्वामी चिद्घन चैतन्यले कार्यक्रम उद्घाटन गरेका थिए ।

उनले युवालाई विदेशमा पठाउनुभन्दा देशमा नै रोजगारीको सृजना गर्न सकेमा नागरिक र देशको विकास सम्भव हुने धारणा राखेका थिए। समाजका अध्यक्ष अगन्धर देवकोटा (अग्नि) ले समाजको स्थापनाकालदेखि गरेका गतिविधिबारे जानकारी गराए ।

Advertisement

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष सन्तोष तिमिल्सिनाले जन्मथलो कास्की रही विविध कारण कर्मथलोको रुपमा कतारमा रहेका कस्केलीको संस्था कास्की आदर्श समाज कतारले विभिन्न सामाजिक काम गर्दै आएको र अभिलेखका लागि भित्तेपात्रो, स्मारिका, बुलेटिन प्रकाशन गरेको जानकारी गराए । उनले चकको माध्यमबाट सूचना प्रवाह गर्दै २३ वर्ष अगाडि स्थापना भएको समाजले विश्वभर करिब २३ अन्तर्राष्ट्रिय संस्थाको सुरुवातको श्रेय पाएको बताए ।

गण्डकी प्रदेश समन्वय परिषद् कतार अध्यक्ष नन्दलाल विक (अजय) ले गण्डकी प्रदेश अन्तरगत रहेको कास्की जिल्लाले उल्लेख्य कार्य गर्दै आइरहेको बताए । कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष शिव बानियाँ, कास्की आदर्श समाज कतारका सल्लाहकार अमीर श्रेष्ठ, उपाध्यक्ष कृष्ण भण्डारी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, रुकु देवकोटा, माया भण्डारी, नारायणी थापा, गंगाधर पराजुली, रोशन देवकोटालाई सम्मान गरियो ।

कार्यक्रममा संरक्षक आशबहादुर गुरुङ, सांस्कृतिक संयोजक चोलेन्द्र पौडेल, संस्थापक अध्यक्ष बलराम सापकोटा, संस्थापक सदस्य खिमबहादुर कार्की, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, अन्नपूर्ण गाउँपालिका वडा २ का जनप्रतिनिधि पिताम्बर भण्डारी, नेपाल टेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालिमाया रेग्मी शर्मालगायतले बोलेका थिए । कार्यक्रम नवीन पौडेलको संयोकत्वमा भएको हो ।

अध्यक्ष अग्निको अध्यक्षता भएको कार्यक्रम नारायणी थापा भण्डारीले सञ्चालन, भित्तेपात्रो प्रकाशन समिति सदस्य राजन रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

More News last news
Loading...