दमौली l तनहुँको शुक्लागण्डकी नगरपालिका तथा त्यस क्षेत्र आसपासका क्षेत्रमा रहेका मृर्गौलाका बिरामीलाई डायलासिसका लागि टाढा धाउनु पर्ने तथा पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट डायलासिस सञ्चालन गरिएकोले बाध्यताको अन्त्य भएको हो ।
केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरको एक कार्यक्रम बिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो । भौतिक पूर्वाधार शुक्लागण्डकी नगरपालिका, लायन्स क्लबको सहयोगमा डायलाइसिस उपकरण र जनशक्ति जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गरी सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।डा. श्रेष्ठका अनुसार केन्द्रमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ । सेवा लिनको लागि ३० जनाले नाम दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपाल अन्तर्गत लायन्स क्लब अफ तनहुँ खैरेनिटारको अगुवाईमा लायन्स क्लब अफ तनहुँ म्याग्दे र शुक्लागण्डकी सिस्टर्सको सहकार्यमा जिपि कोइराला हस्पिटल मा डाइलाइसिस सेन्टरका लागि लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशन ले ($८३६३७/००) रू १ करोड १२ लाख , शुक्लागन्डकी नगरपालिका बाट २५ लाख, भिमाद नगरपालिका बाट १० लाख र म्याग्दे गाउँ पालिकाबाट ५ लाख अर्थिक सहयोगमा डाईलाेसिस सेन्टर निर्माण गरिएको लायन्स क्लब अफ तनहुँ खैरेनीटार का लायन वर्ष २०२२-२३ का अध्यक्ष नारायण प्रसाद पाेख्रेलले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ म लायन्स वर्ष २०२२-२३ काे अध्यक्ष हुदै गर्दा लायन्स का नाममा वर्षेनि करोडौं रकम बाहिरीयाे भन्ने समाचार ले सन्जाल तातेकाे थियो मलाई उक्त कुराले पाेलेर मेगा प्राेजेक्ट माग गर्ने मेरो plan of action मा नै राखेको थिय । जसलाई मुर्त रूप दिन लायन्स क्लब तनहुँ खैरेनीटार का संस्थापक अध्यक्ष समुन्द्र राम श्रेष्ठ ,तत्कालीन सिनियर AOG सन्तोष घिमिरे ,शुक्लागन्डकी नगरपालिका प्रमुख कृष्णा राज पंडित ,हस्पिटल का कार्यकारी अधिकृत डा रामकुमार श्रेष्ठ लगायत स्थानीय समाजसेवी ,जनप्रतिनिधि केही बिरामी लायन्स सदस्य काे उपस्थितिमा २०७९-०५-१२ का दिन हस्पिटल मा बृहत भेला गरि डाईलाेसिसकाे अावश्यकता महसुस गरि प्राेजेक्ट माग गर्ने निर्णय भएको थियो । निरन्तर काे मिहिनेत पश्चात् सम्पूर्ण कागजि प्रक्रिया पार गरि स्थानीय सरकार समेतको सहयोगमा लायन्स अन्तर्राष्ट्रिय बाट मेगा प्राेजेक्ट मार्फत अाफ्नै घर अगाडिको हस्पिटल मा मृगौला राेगिले डाईलाेसिस गर्न पाउने कामको अगुवाइ गर्न पाउँदा लायन्स हुनुमा गर्भ लागेको शु न पा ५ निवासी पाेख्रेल बताउनुहुन्छ।
डायलासिस सेन्टर स्थापना भएपछि तनहुँ काे वशुक्लागण्डकी सहित व्यास , भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ , स्याङजाको हरिनास,बिरुवा चापाकाेट ,पुतलिबजार ,पाल्पाको रामपुर ,नवलपरासी काे बैदिकाली , लमजुङ काे मध्यनेपाल,पाेखरा माहानगरका केही वडाका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिनुभयो ।
जिल्लामा दमौली अस्पताल र आँबुखैरेनी अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला खराब भएका बिरामीलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता हटाउन क्लबले डायलासिस सेन्टर स्थापना गर्न डायलासिस मेसिन सहयोग गर्ने निर्णय भएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिनुभयो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
