कांग्रेस क्षेत्र नं १ को सम्मेलनमा सहभागी हुन महामन्त्री थापा स्याङ्जा आउने

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा स्याङ्जा आउने भएका छन् ।

जेठ ३ गते शनिवार हुने नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन कार्यक्रममा सहभागी हुन महामन्त्री थापा स्याङ्जा आउने भएका हुन् ।

Advertisement

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापति एवं पुतलीबजारका नगरप्रमुख तुलसीराम रेग्मीले आज महामन्त्री थापालाई भेटेर क्षेत्रीय सम्मेलनको लागि आमन्त्रण गरेका हुन् ।

आफूसँगको भेटमा थापाले आफू क्षेत्रीय सम्मेलन कार्यक्रममा स्याङ्जा आउने प्रतिबद्धता गर्नुभएको रेग्मीले बताए । कार्यक्रममा महामन्त्री थापा सहित नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा, क्षेत्र नं १ अन्तर्गतका पालिका सभापतिहरु लगायतका नेताहरुको उपस्थित रहने छ ।

जेठ ३ गते हुने क्षेत्रीय सम्मेलनको तयारी तीब्र बनाईएको छ ।

More News last news
Loading...