काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।
यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो । दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ । स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
