काठमाडौं l त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदका लागि स्वतन्त्रबाट पद्मा भुसालले उम्मेदवारी दिएकी छिन् ।
यसअघिको दुई वर्ष कार्यकाल पुरा गरेकी भुसाल सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) की नेतृ समेत हुन् । तर, भुसाललाई नेबिसंघले आधिकारीक उम्मेदवार नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी हुन् । त्रि.वि. केन्द्रीय क्याम्पसमा नेबिसंघ भित्र गुटहरु हावी हुँदा आधिकारिक उम्मेदवार को हो ? भन्नेमा अझै अन्यौलता देखिएको छ ।
को हुन् भुसाल ?
भुसाल बायोटेक्नोलोजी र ग्रामीण विकासकी विद्यार्थी हुन् । आफ्नो स्नातक तहको पढाइ अमृत क्याम्पसबाट पुरा गरेकी भुसाल स्याङ्जा जिल्लामा जन्मेकी हुन् l पहिलो कार्यकाल नेपाल विद्यार्थी सङ्घको प्रतिनिधित्व गर्दै कोषाध्यक्षमा निर्वाचित पदमा अहिले भने समानता विद्यार्थी एकता लैङ्गिक विभेदता भ्रष्टाचारमुक्त प्रशासन अपाङ्गमैत्री भौतिक संरचना २४ सै घण्टा सुरक्षित र शान्तपूर्ण विश्वविद्यालय क्षेत्र व्यवस्थित र सुरक्षित छात्रावास विभेदमुक्त र नियमसंगत छात्रवृत्ति कोष राजनीतिक हस्तक्षेप मुक्त र निष्पक्ष कर्मचारी र पदाधिकारी नियुक्ति परीक्षा नियन्त्रण कार्यालय र विश्वविद्यालयका सेवाहरू पूर्णरूपमा प्रविधिमैत्री लगायतका विभिन्न विद्यार्थीसँग सम्बन्धित नाराहरु लिएर स्वतन्त्र रुपमा सभापतिको उम्मेदवार बनेकी छिन् ।
इतिहास रच्ने दाउँ
आफूँ सभापतिमा निर्वाचित भईन् भने विश्वविद्यालय क्याम्पसको पहिलो महिला सभापति को रूपमा इतिहास रच्ने उनको विश्वास छ । यसअघि यस क्याम्पसमा कुनै महिलापनि स्ववियू सभापतिमा निर्वाचित भएका छैनन् । यदि भुसालले सभापतिमा चुनाव जितिन् भने उनको नाममा इतिहास समेत लेखिने पक्का छ ।

त्यति मात्र नभई स्ववियू सभापतिमा उम्मेदवारी दिने भुसाल पहिलो महिला समेत बनेकी छिन् । विद्यार्थी माझ घुलमिल रहेको र निरन्तर अध्ययन गरिरहेको विद्यार्थी भएको नाताले र स्वतन्त्र विद्यार्थी युनियनमा पदाधिकारीको रुपमा एक सफल कार्यकाल पूरा गरेको हिसाबमा पनि पदमा एक प्रबल र सशक्त उम्मेदवारको रुपमा हेरिएको छ । विश्वविद्यालयका प्राध्यापकहरु प्रजातन्त्र समानता र निष्पक्षतामा विश्वासरत सम्पूर्ण विद्यार्थीहरूले आफूलाई सघाउनेमा पदमा विश्वस्त छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
