होली र चन्द्रग्रहणको दुर्लभ संयोग: यी हुन् जान्नैपर्ने केही तथ्य, यस्तो छ ज्योतिषीय विश्लेषण

काठमाडाैं | आज (शुक्रबार) रंगहरूको पर्व होली मनाइरहँदा भारतमा एक दुर्लभ खगोलीय घटना हुन गइरहेको छ । होलीको दिन वर्षको पहिलो चन्द्रग्रहण लागेको हो । शुक्रबार चन्द्रग्रहण लागेको छ । धार्मिक र सांस्कृतिकरूपमा मात्र नभई खगोलशास्त्रीय दृष्टिकोणले पनि यो घटना चासोको विषय हो । होलीको दिन चन्द्रग्रहणको संयोग अत्यन्त दुर्लभ मानिन्छ र यससँग सम्बन्धित धेरै धार्मिक र वैज्ञानिक मान्यताहरू छन् ।

धार्मिक मान्यताअनुसार ग्रहणको समय अशुभ मानिन्छ । ज्योतिषशास्त्रमा ग्रहण र नक्षत्रको विशेष महत्व छ र धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो ग्रहण पूर्ण चन्द्रग्रहण हुनेछ, जसमा चन्द्रमा पूर्णतया पृथ्वीको छायामा पर्नेछ। यो दृश्य भारतका धेरै भागमा स्पष्ट देखिनेछ।

Advertisement

चन्द्रग्रहण बिहान १०: ३९ बजेबाट शुरू भई २:१८मा समाप्त हुनेछ । ग्रहण भारतमा नदेखिए पनि उत्तर र दक्षिण अमेरिका, युरोप र अफ्रिकाजस्ता देशमा भने देखिने छ । नेपालबाट पनि यो चन्द्र ग्रहण देखिने छैन । भारतमा नदेखिने भएकाले यसको सुतक अवधि लागू हुने छैन । यसको मतलब यो ग्रहणले होली पर्वमा कुनै नकारात्मक असर नपार्ने र कुनै पनि धार्मिक प्रतिबन्ध बिना होलीको आनन्द लिन सकिने भारतीय सञ्चार माध्यमहुरूले जनाएको छ ।

भारतमा चन्द्रग्रहणलाई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । होलीको दिन यो ग्रहण लाग्नु दुर्लभ संयोग हो । धार्मिक मान्यता अनुसार ग्रहणको समयमा पूजापाठ र भोजन नगर्न ग्रहण समाप्त भएपछि नुहाउने र शुद्धिकरण गर्ने गरिन्छ । गर्भवती महिलाहरूलाई ग्रहणको समयमा घरभित्रै बस्न र कुनै पनि प्रकारको शारीरिक परिश्रम नगर्न सल्लाह दिइन्छ। ग्रहणको समयमा निस्कने किरणले भ्रूणमा नकारात्मक असर पार्ने विश्वास गरिन्छ ।

ग्रहणलाई नाङ्गो आँखाले नहेर्नु उचित हुन्छ । यद्यपि चन्द्रग्रहण सूर्यग्रहण जत्तिकै हानिकारक हुँदैन, तर पनि आँखा बचाउन दूरबीन वा टेलिस्कोप प्रयोग गर्नुपर्छ । सूर्यग्रहण र चन्द्रग्रहण दुवै खगोलीय घटना हुन्। पृथ्वीले सूर्यको परिक्रमा गर्दा र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा चन्द्रग्रहण लाग्छ। यस प्रक्रियामा एक समय आउँछ जब चन्द्रमा, पृथ्वी र सूर्य एउटै रेखामा आउँछन्। यस्तो अवस्थामा सूर्यको किरण पृथ्वीमा पर्छ तर चन्द्रमामा पुग्दैन । यो घटनालाई चन्द्रग्रहण भनिन्छ।

More News last news
Loading...