स्याङ्जा । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा जारी सातौं स्याङ्जा महोत्सवमा युवा गायक दुर्गेश थापाले माहौल तताएका छन् ।
फागुन ६ गतेदेखी सुरू भएको महोत्सव अन्तर्गत शनिवार स्याङ्जाको सदरमुकाम पुतलीबजार पुगेका थापाले ‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेर्यै’ बोलको गीत गाउँदै स्टेजमा पुगेका थापाले महोत्सवमा आएका हजारौं दर्शकका मन जितेका हुन् । उनी महोत्सव स्थलमा हेलिकोप्टर चढेर पुगेका थिए ।
उनले गीत गाउँदा हजारैं दर्शकले हुटिङ गर्दै साथ दिएका थिए । थापाले ‘नाच्नु पर्छ बीच बीचमा’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’ ‘बम बम भोले भोले‘’, ‘यहाँ रीसको बेलामा’, लगायतका धेरै गीत गाएर महोत्सवलाई रमणीय एवं मनोरञ्जन दिन सफल भएका हुन् । यस्तै अर्को लोकप्रिय गायक मोहन खड्काले पनि प्रस्तुती दिएका थिए ।

शनिवार मात्र १५ हजार वढी दर्शकले महोत्सव अवलोकन गरेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए । फागुन ६ गतेदेखि जारी महोत्सबमा राष्ट्रियदेखि स्थानीय स्तरसम्म ख्याती कमाएका झण्डै ३ दर्जन कलाकारले आ-आफना बिभिन्न कलाकारिता प्रस्तुत गर्दे महोत्सव सफल सहयोग पुर्याएको श्रेष्ठले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
