नेपालकै पहिलाे नवग्रह मन्दिरमा धार्मिक महोत्सव : धर्मको नाममा हुने विकृतीलाई चिर्ने प्रयास

 

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको छ ।

फागुन ६ गतेबाट नौ दिन सम्म चलेको धार्मिक महोत्सव १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसर पारेर नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो । अर्जुनचौपारीको यो अनुष्ठान तथा धार्मिक महोत्सव फरक किसिमका प्रस्तुती सहित धार्मिक महोत्सव सम्पन्न गरिएको हो । प्रायः नेपालमा आयोजना हुने धार्मिक महोत्सव पैसा उढाउनमै केन्द्रीत रहने गरेका छन् ।

Advertisement

तर, अर्जुनचौपारीको नेपालकै पहिलो नवग्रह मन्दिरमा भने फरक किसिमको प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सवको आयोजना गरिएको पालिका अध्यक्ष तिवारीले बताए । तिवारीले भने, ‘हाम्रो धार्मिक महोत्सवमा अलि भिन्न प्रकृतीको रह्यो, मन्दिरको पुजामा आउने सबै भक्तजनहरुलाई समान व्यबहार हुनुका साथै धार्मिक महोत्सवका नाममा मौलाउँदै गएको विकृतीलाई चिर्ने प्रयास गर्‍यौं ।’

अर्जुनचौपारीको यो महोत्सवमा सहयोगी कसैको शिलालेख लेखिएन्, पदका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिएन्, सबै भक्तजनलाई समान व्यबहार गरियो । युवा गाउँपालिका अध्यक्ष तिवारीले ९ दिनसम्मको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षलाई सभापतिको जिम्मेवारी समेत सुम्पिएर सबैलाई समान जिम्मेवारीको वाडफाँड सहित भब्य रुपमा महोत्सव सम्पन्न गरेका हुन् ।

नवग्रह मन्दिरमा ९ दिनसम्ममा नेपाल तथा छिमेकी देशबाट करिब १ लाख २५ हजार वढी भक्तजनहरुले दर्शन गरेको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । यस्तै ९ दिनसम्म करिब १ लाख वढीलाई निःशुल्क खानपानको व्यवस्थापन समेत गरिएको थियो ।

महोत्सवमा सवाँ करोड दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको पोखरलेलले बताए । अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहेका थिए भने डाक्टर केएन स्वामीले समेत धार्मिक प्रवचन दिएका थिए ।

प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सबको उद्घाटन नेपाल सरकारका पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए, भने समापन नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य युवा नेता राजु थापाले गरेका थिए । महोत्सव अवधिभर क्रिक्रेटर सन्दीप लामिछाने, कलाकारहरु देवी घर्ती, खुमन अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु र स्थानीय तहमा प्रमुख, उपप्रमुख लगायतका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएतापनि देश विदेशमा सिद्घीप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजीम उनीहरुकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको हो ।

नेपालको पर्यटकीय राजधानी पोखराबाट केहि घण्टामै पुग्न सकिने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नवग्रह मन्दिर स्थापना पश्चात स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ । नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ ।

More News last news
Loading...