काठमण्डौ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ वटा सिट भएका विद्युतीय गाडी भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रूपमा आरजेडएम ब्रान्डका यी विद्युतीय गाडी नेपाल भित्र्याएका हुन् ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेसनल मोटर्सका प्रबन्ध निर्देशक सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका प्रबन्ध निर्देशक दिनेशकुमार राठी र शाङच आरजेडएम अटोका अन्तर्राष्ट्रिय महाप्रबन्धक केन सुनले सहकार्यको घोषणा गर्नुभयो । कार्यक्रममा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र गाडीका विशेषताबारे चर्चा गर्नुभएको थियो ।
नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज विक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा अहिलेको अवस्थाबारे बोल्दै नयाँ आरजेडएम ब्रान्ड थप गरिएकोबारे चर्चा गर्नुभयो । कार्यक्रममा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।
ई–फाइभ सिरिजको १५ सिटे विद्युतीय गाडीमा ५३ दमलव ५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ जसले सिङ्गल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा दुई सय ५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले तीन सय किलोमिटरभन्दा बढी रेन्ज दिएको पाइन्छ ।
डब्ल्यूएलटीपी अनुसार यसको रेन्ज तीन सय किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स दुई सय एमएम छ । यसको पिकपावर एक सय किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने तीन सय एनएमको टर्क छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
