यस्तो बन्यो स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिर (फोटोकथा)

पर्यटनमन्त्रीले उद्घाटन गर्ने

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालमै पहिलोपटक नवग्रह मन्दिरको निर्माण गरिएको छ । नेपालमै पहिलोपटक वडा नं १ मा नवग्रह मन्दिर निर्माण गरेसँगै अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बनेको हो ।

प्रायः जसो घरमा नवग्रह पुजा हुने गर्दछ तर, नवग्रहको विधिवत पुजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म नभएको र अर्जुनचौपारीमा उक्त मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएतापनि देश विदेशमा सिद्घीप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजीम उनीहरुकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको उनले बताए ।

Advertisement

छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भएतापनि नेपालमा ग्रहकै मात्र पुजा हुने मन्दिर छैनन् । नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ । मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्मै पहिलो भएको पालिका अध्यक्ष तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउँमा पिपल रोपिएको हो । देशभरका गाउँपालिकाका प्रमुखमध्ये युवा पुस्ताका अग्र सुचीमा आउने तिवारी पालिका भित्र मात्र होईन्, देशमै केहि नयाँ गरौं भन्ने सोचका साथ अगाडी वढिरहेका छन् ।

नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । २७ फिट माथीतीर फर्केको अग्लो ब्रह्माणीय मुर्तीको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ । नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमा सहितको पुजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यस माथी नवभुज आकारको १४ फुटको पिल्लर छन् ।

नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ । मुल नवग्रह मन्दिर पालिकामा रहेतापनि यसका ९ निशान प्रतिमाहरु पलिका अन्तर्गतका ५ वटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिका लगायत अन्य पालिकाका ४ वडा मिलेर भौगोलिक स्वरुप ब्रम्हाणीय स्वरुपमा घुमेर रहेकाले पालिकाले छोएका भीरकोटको वडा नं ७, पुतलीबजार न.पा १३, १४ र आधिखोला गा.पा. १ मा निशान प्रतिमाहरुलाई आलोपालो पुजा गर्ने प्रबन्ध मिलाईने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए ।

पर्यटनमन्त्रीले उद्घाटन गर्ने 

नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर फाल्गुन ६ देखि १४ गते सम्म १ करोड २५ लाख दियो प्रज्वलन गरी भव्य रुपमा गर्ने गाउँपालिकाको तयारी गरेको पालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथिको रुपमा सहभागी हुने पालिकाले जनाएको छ । यस्तै बिशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापा, अतिथिका रुपमा विभिन्न पालिकाका प्रमुखहरु, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बिशेष प्रस्तुती रहने छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुनेहुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्नेगरी अर्जुचौपारी गाउँपालिका गाउँपालिका वडा नं १ मा नवग्रह मन्दिरको निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ कि.मी.का. दुरीमा रहेको नवग्रह मन्दिर निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ ।

 

More News last news
Loading...