काठमाडौं । सुनको मूल्यमा बृद्धि भएको छ। आज नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बृद्धि भएको हो। जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। उता, चाँदीको मुल्य भने केही घटेको छ। जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
