काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललको प्रशंसा गरेकी छिन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलकी सांसद भण्डारीले पाठेघरको मुखको क्यान्सर बिरुद्वको खोप (एचपिभी) लगाउने अभियानको खुलेरै प्रशंसा गरेकी हुन् । उनले गत बर्ष यसलाई राष्ट्रिय खोप अभियानमा समावेश गर्न माग गरेको र अहिले उक्त कुरा सम्भव भएको भन्दै गर्ब महशुस गरेको बताईन् ।
उनले आफूले प्रतिपक्षी दल भएर सधै सरकारको बिरोध मात्र नगर्ने भन्दै उक्त खोप अभियानले लाखौं किशोरीको जीवन र भविष्य सुरक्षित गर्ने भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्याप्रति आधार प्रकट समेत गरेकी हुन् । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानका शुरु गरेको हो ।
खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
