काठमाडाैं | अमेरिकाको वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० शव निकालिएको छ। अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिएको सीएनएनले जनाएको छ । अहिले उद्धारको काम चलिरहेको छ।
चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए।
आकासमा ठोकिएर विमान र हेलिकप्टर खसेको पोटोम्याक नदी अमेरिकाको मध्य–एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो। दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन् । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनामा अहिलेसम्म कसैलाई पनि जीवित पाइएको छैन ।
दुर्घटनाको कारण पहिचानका लागि छानबिन जारी रहेको अधिकारीहरूले जनाएका छन् । ६४ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको ‘फ्लाइट ५३४२’ कन्सासबाट वासिङ्टनतर्फ उडिरहेको थियो । सोही समयमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर पनि प्रशिक्षण उडानमा थियो । आकाशमै ठोक्किएर दुवै विमान नदीमा खस्दा ठूलो मानवीय र भौतिक क्षति भएको हो ।
विशेषज्ञहरूले वासिङ्टन एयर ट्राफिक कन्ट्रोल टावरमा रहेका दुई छुट्टाछुट्टै रेडियो फ्रिक्वेन्सी प्रणाली पनि दुर्घटनाको कारक हुनसक्ने बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
