सुनको मूल्य घट्यो

काठमाडाैं । सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य भने बढेको छ। हिजो तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ घटेको हो। मूल्य घटेर आज सुन तोलाको एक लाख ६० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य आज एक हजार आठसय ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँ थियो।

Advertisement

गएको आइतबार, सोमबार र मंगलबार लगातार सुनचाँदीकै मूल्य घटेको थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

More News last news
Loading...