काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् । आज (बुधबार) सम्पन्न भएको मतगणनामा सापकोटा ६८६ मतसहित निर्वाचित भएका छन्।
उनलाई हेमन्त राईले कडा टक्कर दिएका थिए । सापकोटासँग पराजित राईले भने ६१५ मत ल्याएका छन् । उनीहरुबीच ७१ को मतान्तर छ। सापकोटा अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन् । राईलाई भने उपमहासचिव जनार्दन शर्माले साथ दिएको बताईन्छ।
९ उपमहासचिवमा अधिकांश जनार्दन समूहका निर्वाचित
अखिल क्रान्तिकारीको उपमहासचिवमा संस्थापन इतर समूहले बर्चस्व कायम राखेको छ । आज सकिएको महतगणना ९ उपमहासचिवमध्ये अधिकांश पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भन्दा फरक व्यक्ति चुनिएका छन् । भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिव मध्ये कोशी प्रदेशबाट विपिन पोखरेल ८३१, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, बागमतीबाट निर्मला गौतम ८०३, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित निर्वाचित भएका छन् ।
त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन भने अरु जनार्दन समूहका हुन् । यसअघि महासचिवमा पनि जनार्दन समूहका रोशन थापामगर तथा कोषाध्यक्षमा शर्मा प्यानलकै फूलमाया मगर निर्वाचित भएकी थिईन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
