काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
