अखिल क्रान्तिकारीको (खस आर्य) उपाध्यक्षमा मिनराज आचार्यको उमेद्वारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष (खस आर्य समुह) मा विद्यार्थी नेता मिनराज आचार्यले उमेद्वारी दिएका छन् । जुम्लाका स्थायीवासी आचार्यले खस, आर्यको भावनलाई एकीकृत गर्न र खस आर्यमैत्री शैक्षिक कार्यनीति बनाउन आफुँले क्रान्तिकारीको उपाध्यक्षमा उमेद्वारी दिएको बताए ।

आचार्यले भने, “विशाल नेपाल, खस आर्य साम्राज्यको राजधानी जुम्लाको सिन्जाबाट विश्वभरी छरिएर रहेका खस,आर्यको भावनलाई एकीकृत गर्न र खस आर्यमैत्री शैक्षिक कार्यनीति बनाउन, खस आर्य समुदायको प्राण जोगाई समग्र नेपाललाई विश्व मानचित्रमा अग्र स्थानमा राख्न चुनावी मौदानमा उत्रिएको हुँ”।

Advertisement

“सम्पुर्ण प्रतिनिधि मित्रहरुले आफ्नो स्वविवेक प्रयोग गर्दै मलाई केन्द्रिय उपाध्यक्ष (खस,आर्य समुह) तर्फ मतदानगरी विश्वभरी छरिएका सम्पुर्ण खस आर्य समुदायलाई न्याय दिलाउन बिनम्र अनुरोध गर्दछु” ।

कान्तिकारीको जिल्ला र केन्द्रिय कमिटीमा बसेर काम गरिसकेका आचार्य क्रान्तिकारी संगठनभित्र बौद्धिक र तार्किक विचार दिन सक्ने नेताको रुपमा चिनिन्छन् ।

More News last news
Loading...