काठमाडौँ । काठमाडौँको ‘नेक्सस एजुकेशनल कन्सल्टेन्सी, सामाखुशीमा‘ मा ‘मल्टी डेस्टिनेसन इन्फर्मेशन सेसन २०२५’ ‘MULTI DESTINATION INFORMATION SESSION’ हुने भएको छ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान र कोरियन युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा मल्टी डेस्टिनेशन इन्फर्मेशन सेसन हुने भएको हो ।
विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षामा सल्लाह दिने कार्यमा विशेषज्ञता हासिल गर्दै आएको नेक्ससले (जनवरी २६ तारिख) माघ १३ गते एकै ठाउँबाट विदेशी विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीलाई छलफल गराउन भन्दै सो कार्यक्रम आयोजना गरेको हो।
मेलाको महत्त्वपूर्ण पक्षहरू मध्ये, प्रमुख गन्तव्यहरूबाट त्यहाँ रहेको विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता र उपस्थित विध्यार्थीहरुसँग प्रत्यक्ष रूपमा साक्षातकार हुने अवसर पाउने नेक्सस सामाखूशीका सीईयो रमेश अधिकारीले बताए।
अधिकारीले, उच्च शिक्षाका लागि विदेश जान खोजिरहेका, जाने सोचमा रहेका सम्पूर्ण विद्यार्थी र अभिभावकहरु उपस्थित भएर भीषा प्रोसेसिङ, युनिभसिटी स्कलरसीप, आयल्स, पीटीइ र टोपिक लगायत अन्य धेरै कुराहरुको जानकारी एकै ठाँउबाट लिन सकिने हुँदा यो सबैका लागि सुनौलो अबसर हुने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
