काठमाडौं l त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरकी स्ववियु कोषाध्यक्ष पद्मा भुषालले २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ति गर्दा विभेद भएको भन्दै प्रश्न उठाएकी छन्।
पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट मेरिटोक्रेसीको आधारमा नियुक्त हुनुभएका पदाधिकारीबाट नै सबै लत्याएर भागबण्डा गरेको कुरामा नबोली रहन सकिन यस्को जवाफ उहाँहरू सङ्ग पक्कै माग्ने छौ, भुषालले एक बिज्ञप्तीमार्फत भनेकी छन्, ‘यतिका नियुक्तिमा एक जनापनि महिला नपर्नु अझ आश्चर्य र सोचनिय छ, त्रिभुवन विश्वविद्यालय जस्तो शैक्षिक र बौद्धिक संस्थामै यो तहको लैङ्गिक विभेद छ भने यो समाजमा समानता कहिले आउँछ ।’
त्यस्तै उनले विश्वविद्यालयमा मेरिटका आधारमा नियुक्ति हुनुपर्ने आफूहरूको माग भएपनि डीन र क्याम्पस प्रमुखमा भागवण्डा हुनु दुखद् भनेकी छन् ।विश्वविद्यालयले हालैे २४ वटा क्याम्पसमा भागवण्डाका आधारमा क्याम्पस प्रमुख नियुक्ति गरेको छ । जसमा सबै पुरूष नियुक्त भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)