स्वीजरल्याण्डबाट विश्वशान्तिको उद्घोष गर्दै नेपाली धर्मगुरु

काठमाडौँ । स्वीजरल्याण्डको डेभोसमा हुने वल्ड इकोनोमिक फोरम समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’ को उद्घाटन हुने भएको छ । विश्व शान्तिका लागि भन्दै यहि आउँदो जनवरी २१ तारिखका दिन स्वीजरल्याण्डको डेभोसमा हुने वल्ड इकोनोमिक फोरमको भव्य समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको हो ।

लुम्बिनीमा निर्माणाधिन सेन्चुरीले संसारका विविध जटिल समस्याहरुको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान गौतमबुद्धको उपदेशलाई संसारभर फैलाउने जस्ता पवित्र उद्देश्यसहित युनिभर्सल पिस सेन्चुरी गठन गर्न लागिएको वौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिए ।

Advertisement

७० देशका करिब १ लाखबढी व्यापारी सहभागी हुने वल्ड इकोनोमिक फोरममा सहभागी हुन स्वीजरल्याण्ड जाने तयारीमा रहेका धर्मगुरु रिन्पोछेले काठमाडौँमा पत्रकार  सम्मेलन गर्दै विश्वभरका मानवलाई शान्तिको मार्गमा डेर्याउँदै नेपालको विकासमा पनि हातेमालो गर्न सेन्चुरी गठन गरिएको बताए ।

धर्मगुरु रिन्पोछे भन्छन्, ‘यो अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली सहित ५० भन्दा बढि राजनीतिज्ञले केहि दिनमै ऐकबद्धता जाहेर गर्नुभएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रमा परेको लुम्बिनीले आशाको दीप बनि संसारभर शान्ति र सम्बृद्धि फैलाउनेछ । यसले केबल नेपालीको मात्रै नभइ सम्पूर्ण मानवजातीको दिगो विकास र सम्बृद्धिको बाटो खोल्ने छ ।’

सोहि विश्व शान्ति अभियान अन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको चार तले विश्वशान्ति धामको निर्माण भइरहेको छ ।

More News last news
Loading...