काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो।
छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो। बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
