बढ्यो आज सुनको भाउ

काठमाण्डौ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

Advertisement

More News last news
Loading...