एमएनएस एड्भेन्चरले थप्यो ‘काठमाडौं–पोखरा’ गुड्ने २ भिआइपी बस

पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको छ । योसँगै बसको संख्या ७ पुगेको कम्पनी सञ्चालक मीनबहादुर जिसीले बताए । उनका अनुसार अब केही दिनमै ३ बस थप गरिनेछ।

कम्पनीले विगत ४ वर्षदेखि लामाचौर–काठमाडौं–पोखरा दिवा तथा रात्री सेवा प्रदान गर्दै आएको छ। ती भिआइपी बसहरुमा सोफा सिटसहित ब्ल्याङ्केट, फ्रि वाइफाइ, पानी, जुस, कुकिज लगायत आरामदायी यात्रा प्रदान गरिने सञ्चालक जिसीले बताए।

Advertisement

कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गण्डकी बोर्डिङ स्कूलका प्राचार्य डा. विश्वयूधीर पौडेल, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व सहायक क्याम्पस प्रमुख गोविन्द शर्मा, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी लगायतले रिबन काटी बसको समुद्घाटन गरेका थिए। उनीहरुले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने गरी सेवा बिस्तार गरेकामा सो कार्यको प्रशंसासमेत गरे।

More News last news
Loading...