काठमाडौं । अब नेपालमा पनि श्रमिकहरूको अवकाश उमेर बढाइने भएको छ । सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गर्दै श्रमिकको अवकाश अवधि बढाउने भएको हो । यसअघि ५८ वर्ष तोकिएको अवकाश उमेर कानुन संशोधन गर्दै ६० वर्ष पुर्याइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, केहि दिन अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत केही झन्झटिला देखिएका कानुन संशोधन गर्ने अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जाने व्यवस्था छ । अब सो अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वनमा आउनेछ ।
अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउन लागिएको बताए । ‘श्रम ऐन, २०७४’ को दफा १४७ मा अनिवार्य अवकाशको व्यवस्था छ । जसमा नियमित रोजगारीमा रहेको श्रमिकले ५८ वर्ष उमेर पूरा भएपछि रोजगारीबाट अनिवार्य अवकाश पाउने उल्लेख छ । कुनै खास प्रकृतिको कामको लागि ५८ वर्षभन्दा कम उमेरमा अनिवार्य अवकाश लिनुपर्ने अवस्था आएमा केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट तोकिए बमोजिम अनुुमति लिइ विनियमावलीमा व्यवस्था गर्न सकिने ऐनमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
