काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन्।
मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । ४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन्।
पुलमा उनको कपडा र मोबाइल भेटिएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट देवघाटबाट २ किलोमिटर पश्चिमतर्फ पर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
