काठमाडौँ । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो। पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ।
केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्य ह्वात्तै सस्तिएको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यवसायीहरू बताउँछन्।
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
