तारकाङ पोखरा सम्पर्क समाजको नवौं साधारणसभा

पोखरा । तारकाङ पोखरा सम्पर्क समाजको नवौं साधारणसभा शनिबार सम्पन्न भयो। प्रमुख अतिथि समाजका आजीवन सदस्य बयोवृद्ध भोजराज सापाकोटाले संस्थाले आप्mनो जन्मभूमिको विकास र रेखदेख गरिरहनुपर्ने बताए।

सो कार्यक्रममा आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा, पोखरा महानगरपालिका वडा १४ का वडा सदस्य गोपाल सापकोटा, सापकोटा कल्याण केन्द्र कास्कीका अध्यक्ष यमनाथ सापकोटा, समाजका सल्लाहकार गौरी सापकोटा, लेखनाथ सापकोटा, आजीवन सदस्यतर्फबाट विश्वराज सापकोटा र दिनेश सापकोटा, गाउँखर्क माविका प्रअ दामोदर सापकोटा, ध्रुव मावि तारकाङका प्रअ रामबाबु पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Advertisement

समाजका अध्यक्ष बलारम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शरदराज सापकोटा, संचालन सचिव घननाथ सापकोटाले गरेका थिए। साधारणसभामा सचिव घननाथ सापकोटा र कोषाध्यक्ष बिन्दु आचार्य सापकोटाले प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजका आबद्ध सदस्यका छोराछोरीमध्ये गत वर्षको एसइईमा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो। यस्तै, नयाँ आजीवन सदस्यता प्राप्त गर्नेहरुलाई सम्मान गरियो।

More News last news
Loading...