काठमाण्डौ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्ययम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं स्थानमा समेटेको हो।
यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।
नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उहाँले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताउनुभयो । कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
