तीन दिनदेखि यथावत् सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । लगातार तीन दिनसम्म यथावत् रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको हो।

यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

More News last news
Loading...