बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति पुग्यो ? [सूचीसहित]

काठमाडाैं | सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाइएको छ ।  यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार अनुसार विभागको सोमबारको निर्णय अनुसार भाडा बढाइएको हो ।

Advertisement

यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्बन्धमा पुस ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सहमति लिएर भाडा समायोजना गरिएको विभागले जनाएको छ।

कहाँको भाडा कति पुग्यो ? हेर्नुहोस् सूची : 

More News last news
Loading...