राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडाैं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुनुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

More News last news
Loading...