धीरज र मिरुनालाई कुस्ती खेलाउँदै बुद्धि तामाङ

काठमाडौं । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङले कुस्ती नामक फिल्म निर्माण गर्ने घोषणा गरेका छन्। अनिल योञ्जनको लेखन तथा निर्देशनमा बन्ने फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगरलाई प्रस्तुत गरिएको छ। पोस्टरमा लाइट ग्रीन र लाइट पिङकको प्रयोग गरिएको छ।

धीरजको स्वभाव लाइट पिंकजस्तै छ। उनी जेन्टल, केयरिङ, रोमान्टिक र सफ्ट छन्। त्यस्तै, मिरुना लाइट ग्रीन कलरझैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन्। फिल्ममा धीरज र मिरुनास“गै बुद्धि तामाङले पनि अभिनय गर्ने छन्।

Advertisement

अनुषा सिनेमा वुड पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने कुस्तीमा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए। ‘उनीहरू एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’ निर्देशक योञ्जनको भनाइ छ।

कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले ‘म यसै क्षेत्रमा छु। यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रूपमा अगाडि आएको छु’ बुद्धिले भने। फिल्म आगामी २०८२ को मध्यमा रिलिज हुनेछ।

More News last news
Loading...