इटाली । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाद्वारा “पिस एम्ब्यासडर” को उपाधिले सम्मानित गरिएको छ। जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा गौतमको योगदानलाई कदर गर्दै इटालीको “एस् मु डो शान्ति र न्याय” नामक संस्था तथा सार्नो नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रमका बीच डिसेम्बर २७ मा गौतमलाई सो सम्मान प्रदान गरिएको हो।
गौतमलाई सार्नोका मेयर डॉ. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र “एस् मु डो शान्ति र न्याय”की अध्यक्ष डॉ. ग्लाडिस माबेल क्यान्टेल्मीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए। गौतमले विगत एक दशक देखी लुम्बिनी वर्ल्ड पिस फोरम मार्फत नेपाल, कम्बोडिया, जापान, म्यान्मार (बर्मा), सिङ्गापुर, फ्रान्स, भारत, इजिप्ट, लगायत विश्वका २० मुलुकहरुमा “दिगो शान्तिका लागि सांस्कृतिक समझदारी” कार्यक्रमहरु सञ्चालन गरेका छन।
त्यसैगरी, फोरम मार्फत उनले श्रीलंका र बाङ्लादेश लगायत दक्षिण एसियाली देशहरुमा जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आएका छन। नेपालमा भने गौतमले विगत ५ बर्ष देशव्यापी रुपमा “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” मार्फत जलवायु सचेतना अभियान सञ्चालन गर्दै आएका छन।
कार्यक्रमको क्रममा, श्री गौतमले सहितका स्थानीय अधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गरे। उनीहरूको साझा दृष्टिकोणले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दै विश्वका चुनौतीहरूको समाधानमा जोड दिएको थियो। सम्मान ग्रहण गर्दै गौतमले, “यो सम्मानले दिगो शान्ति र जल वायु संकट को सामना मा आफ्नो संलग्नता अझै प्र्गाढ बनाउदै लिय्र जान थप् हौशला मिलेको” बिचार व्यक्त गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
