काठमाडौँ । पछिल्लो समय प्रवासमा रहेका गीतकार श्रीराम पौडेल ‘निर्देश’को नयाँ गीत ‘घायल मुटु’ बजारमा आएको छ । गायक प्रमोद खरेलको आवाजमा ‘घायल मुटु’ बोलको गीत डिजिटल बजारमा सार्बजनिक भएको हो । गीतकार पौडेलको सुमधुर शब्द संगीत रहेको घायल मुटु मा विशाल निरौलाले संगीत संयोजन गरेका छन् ।
रञ्जन राईले मास्टरिङ र रेकर्डिस्ट गरेको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा प्रेम देउवा र स्मारिका ढकालको फिररिङ रहेको छ । यही गीतबाट देउवाले अभिनयमा डेब्यु गरेका हुन् ।
भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । दुई दर्जनबढि गीत प्रकाशित रेकर्डिङ गराइसकेका गीतकार पौडेलले केहि फुल स्क्रिनका मूभि पनि लेखन निर्देशन समेत गरिसकेका छन् ।
यस्तो छ गीतको म्युजिक भिडियोः
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
