कोरियामा १८१ जना सवार विमान चरासँग ठोक्किएर दुर्घटना, २८ को शव निकालियो

एजेन्सी l दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ ।

एक सय ७५ जना यात्रु र छ जना चालक दल बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

Advertisement

चरासँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विवरण आएको तर थप अनुसन्धान भइरहेको दक्षिण कोरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

More News last news
Loading...